home

शंखरापुर, चापकोबोट, नाङ्गलेभारे, काठमाडौं

call

+977-9851032739

प्रजनन व्यवस्थापन

बाख्रा प्रजनन व्यवस्थापनमा मुख्यतयाः उमेर, अवधि र हाडनाताबारे ख्याल गरिनुपर्छ । बाख्राको उपयुक्त प्रजनन उमेर एक वर्ष हो । आठा महिनामै पनि बाख्राले प्रजनन किया (बाली लाग्छ) गर्छ । तर आठ महिनामा बाख्रालाई बाली लगाउनु हुँदैन । एक वर्ष भन्दा अगाडि बाख्राको बाली लागेमा उत्पादन राम्रो नहुन सक्छ । साथै, स्त्री बाख्राको पाठेघरमा समस्या आउने खतरा हुन्छ । बाली लागेको मितिले पाँच महिनामा बाख्राले बच्चा जन्माउँछ । बच्च जन्माएको तीन महिनापछि मात्र बाली लगाउनु पर्छ । तीन महिना अगाडि पनि माउँ बाख्राले प्रजननको चाहनाहरु प्रदर्शित गर्छ । तीन महिना अगाडि बाली लागेमा विभिन्न जोखिमका सम्भावना बढ्छ । बाख्रा फार्मले सबैभन्दा बढी हाडनाता बानेमा होसियार हुनुपर्छ । हाडनाटता नबारेमा उत्पादनमा त समस्या पर्छ नै । तिनका सन्तानको शरिर पनि पस्तापिच्छे सानो हुँदै जान्छ । बाख्रा प्रजनन गर्दा हाडनाता कडाईको साथ बार्नुपर्छ ।