गुणस्तरिय नश्ल

हाम्रो प्रतिबद्धता...!

बोयर

बोयर बाख्रा बाख्राको एउटा प्रजाति हो । यो प्रजातिका बाख्रा स.न. १९०० शताब्दीको सुरुमा दक्षिण अफ्रीकामा विकास भएको हो । 'बोयर' अफ़्रिकि डच भाषाको बोयर शब्दबाट आएको हो, जसको अर्थ हुन्छ - 'किसान' । यो प्रजातिको बाख्रा छिटो बढ्ने र रोग प्रतिरोधात्मक क्षमता बढी भएकोले किसान बिच लोकप्रिय छ । बोयर र अर्को प्रजातिका बाख्रा बिच अनुबंशिय मिश्रित (क्रस) बनाउँदा मासु उत्पादन राम्रो हुने बाख्रा अनुसन्धान केन्द्रका प्रमुख डा. राजु कँडेल बताउँछन् । नुवाकोटका महेश बस्नेतले बोयर प्रजातिका बाख्रा दक्षिण अफ्रिकाबाट वि. स. २०५६ सालमा पहिलो पटक नेपालमा भित्राएका हुन् ।बस्नेतकै फर्मबाट वि. स. २०६५ सालमा बन्दीपुरमा बोयर प्रजातिका बाख्रा ल्याइएको हो । नेपालमा दक्षिण अफ्रिका र अस्ट्रेलियाबाट आयत गरिएका बोयर प्रजातिका बाख्राहरू छन् । बोयर र खरी प्रजातिका बाख्रामा अनुबंशिय मिश्रित (क्रस) गरिएमा उत्पादन र प्रतिफल राम्रो हुने सुझाव बाख्रा अनुसन्धान केन्द्र बन्दिपुरका प्रमुख डा. कँडेलको छ ।

सानन

सानन स्विस प्रजातिका दूध उत्पादनशील बाख्रा हो । यो विशेष गरी दूध उत्पादनको उद्देश्यले पालिन्छ । बाख्राको दूध अत्यन्त पोसिलो हुन्छ । शिशु र ज्येष्ठ नागरिकहरूका लागी उपयोगी हुने विशेषज्ञको राय छ । नेपालमा वि.स. २०२८ सालमा इजरायलबाट पहिलो पटक सानन प्रजातिका बाख्रा खुमलटार कृषि अनुसन्धान केन्द्रमा ल्याइएको हो । त्यसपछि २०२९ सालमा चित्लाङ बाख्रा विकास फार्ममा यो प्रजातिका बाख्रा राखियो । यो प्रजातिका बाख्राको दूधबाट बनेको चिज नेपालमा लोकप्रिय हुँदै गएको छ । शिशु र ज्येष्ठ नागरिक भएको घरमा यो प्रजातिका बाख्रा पाल्दा राम्रो हुन्छ ।

खरी

खरीको बाख्रा नेपालको एक महत्त्वपूर्ण बाख्राको प्रजाति हो। यो सुरु हुन्छ र मुख्य रूपमा नेपालमा पहाड र भित्री उपत्यकामा भेटिन्छ। खरी बाख्रा एकदम फराकिलो छ र मध्य पहाड र उच्च पहाडहरूको द्रुत दक्षिणमा पनि पाउन सकिन्छ। तिनीहरू देशका महत्त्वपूर्ण प्रजाति हुन् र यसले नेपालमा बाख्राको जनसंख्याको ५६% प्रतिशत प्रतिनिधित्व गर्दछ। खरीको बाख्रा मुख्यतया मासु बाख्राको जातको रूपमा हुर्काइन्छ।

हाम्रो कथा

उप्रेती बोयर बाख्रा स्रोत केन्द्र

उप्रेती बोयर बाख्रा स्रोत केन्द्र, उप्रेती एग्रो विजिनेस प्रा. लि. द्वारा संचालित छ । वि. स. २०७५ बाट यो स्रोत केन्द्रको यात्रा आरम्भ भएको हो । स्त्थापनाकाल देखी अहिलेसम्म निकै उकाली, ओराली छिचोलेको छ । सानो गल्ती हुँदा पनि धेरै नोक्शानी हुन्छ भन्ने विगतका अनुभवबाट केन्द्रले सिकेको छ । उदाहरणका लागि नओइलाईकन हरियो घाँस बाख्रालाई खुवाउँदा र बाहिरबाट ल्याएको बाख्रा क्वारेनटाइनमा नराखी बथानमा मिसाउँदा ठुलो क्षति  पुगेकी केन्द्रसँग अनुभव छ ।

यो स्रोत केन्द्र स्थापनाका लागि धेरै सहयोगी हातहरूको प्रत्यक्ष अप्रत्यक्ष हात छ । विशेष गरी बन्दीपुर बाख्रा अनुसन्धान केन्द्रका प्रमुख डा. राजु कँडेलको सहयोग महत्त्वपूर्ण छ । यो स्रोत केन्द्रको इतिहासमा उहाँको योगदान अविस्मरणीयरहने छ । यो स्रोत केन्द्र यो वेबसाइटमा उल्लेखित भिजन, मिसन र मूल्य मान्यतालाई  निर्देशित सिद्धान्त मानी आफ्नो लक्ष प्राप्त गर्न दृढ छ ।

टीका राम राई

हाम्रो सेवाहरू

मूल मन्त्र

उप्रेती बोयर बाख्रा स्रोत केन्द्रको प्रमुख मन्त्र ‘गुणस्तर’ हो । गुणस्तरमा हामीबाट सम्झौता हुन सक्दैन । यो स्रोत केन्द्र गुणस्तरीय बाख्राको नश्ल उत्पादन र विकासमा केन्द्रित हुन्छ । गुणस्तर सेवालाई हामी प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउँछौ ।

ग्यालरी

117718546_1013308565749316_6522984536910097222_o
40511296_536751270071717_7675046200776589312_n
116935185_10223811310736093_1108117510867301618_n
118533292_607797373440788_8847724535365546344_n
61378914_684236415323201_2418798544564518912_o
117164845_1003136856766487_7034973650354003017_o