home

शंखरापुर, चापकोबोट, नाङ्गलेभारे, काठमाडौं

call

+977-9851032739

बाख्राघर व्यवस्थापन

बाख्राघरलाई साधारण भाषामा बाख्रो खोर पनि भन्ने गरिन्छ । बाख्राघर निर्माण गर्दा न्यायो होस् र गन्ध नहोस् भन्ने ख्याल गरि बनाउनु पर्छ । बाख्रा बस्ने ठाउँलाई न्यायो बनाई राख्नुपर्छ । गन्ध उत्पादन हुन नदिनको लागि पिसाव र जुत्तोको व्यवस्थापन प्रत्येक दिन गर्नुपर्छ । झिगाँ नआउने निश्चित हुने गरी बाख्रा घरको सफाई गर्नुपर्छ । किनभने झिगा फोहोरको सुचक हो । सकभर बाख्रा राती बस्ने र दिउँसो बस्ने बेग्ला बेग्लै घर भएको उत्तम हुन्छ । राती बाख्रा बस्ने घर माथि उल्लेख भएजस्तो हुनुपर्छ । दिउँसो बाख्रा बस्ने घर घाम आउने बर धेरै हावाले नहान्ने सुनिश्चित भएको हुनुपर्छ । बाख्रा खोरमा बाख्रालाई खाना खुवाउने डुढ फाइबरबाट बनेका भए उत्तम हुन्छ । डुढ जस्ता वा टिनबाट चाहिँ भुले पनि बनाउनु हुँदैन । फाइबरबाट बनेको डुढ टिकाउ हुन्छ । तर जस्ता वा टिनबाट बनेको डुढ टिकाउ पनि हुँदैन र बाख्राका लागि जोखिम युक्त पनि हुन्छ ।