home

शंखरापुर, चापकोबोट, नाङ्गलेभारे, काठमाडौं

call

+977-9851032739

सानेन

११ पुष २०८०, बुधबार

सानन स्विस प्रजातिका दूध उत्पादनशील बाख्रा हो । यो विशेष गरी दूध उत्पादनको उद्देश्यले पालिन्छ । बाख्राको दूध अत्यन्त पोसिलो हुन्छ । शिशु र ज्येष्ठ नागरिकहरूका लागी उपयोगी हुने विशेषज्ञको राय छ । नेपालमा वि.स. २०२८ सालमा इजरायलबाट पहिलो पटक सानन प्रजातिका बाख्रा खुमलटार कृषि अनुसन्धान केन्द्रमा ल्याइएको हो । त्यसपछि २०२९ सालमा चित्लाङ बाख्रा विकास फार्ममा यो प्रजातिका बाख्रा राखियो । यो प्रजातिका बाख्राको दूधबाट बनेको चिज नेपालमा लोकप्रिय हुँदै गएको छ । शिशु र ज्येष्ठ नागरिक भएको घरमा यो प्रजातिका बाख्रा पाल्दा राम्रो हुन्छ ।