home

शंखरापुर, चापकोबोट, नाङ्गलेभारे, काठमाडौं

call

+977-9851032739

बोयर

३ माघ २०८०, बुधबार

बोयर बाख्रा बाख्राको एउटा प्रजाति हो । यो प्रजातिका बाख्रा स.न. १९०० शताब्दीको सुरुमा दक्षिण अफ्रीकामा विकास भएको हो । ‘बोयर’ अफ़्रिकि डच भाषाको बोयर शब्दबाट आएको हो, जसको अर्थ हुन्छ – ‘किसान’ । यो प्रजातिको बाख्रा छिटो बढ्ने र रोग प्रतिरोधात्मक क्षमता बढी भएकोले किसान बिच लोकप्रिय छ । बोयर र अर्को प्रजातिका बाख्रा बिच अनुबंशिय मिश्रित (क्रस) बनाउँदा मासु उत्पादन राम्रो हुने बाख्रा अनुसन्धान केन्द्रका प्रमुख डा. राजु कँडेल बताउँछन् । नुवाकोटका महेश बस्नेतले बोयर प्रजातिका बाख्रा दक्षिण अफ्रिकाबाट वि. स. २०५६ सालमा पहिलो पटक नेपालमा भित्राएका हुन् ।बस्नेतकै फर्मबाट वि. स. २०६५ सालमा बन्दीपुरमा बोयर प्रजातिका बाख्रा ल्याइएको हो । नेपालमा दक्षिण अफ्रिका र अस्ट्रेलियाबाट आयत गरिएका बोयर प्रजातिका बाख्राहरू छन् । बोयर र खरी प्रजातिका बाख्रामा अनुबंशिय मिश्रित (क्रस) गरिएमा उत्पादन र प्रतिफल राम्रो हुने सुझाव बाख्रा अनुसन्धान केन्द्र बन्दिपुरका प्रमुख डा. कँडेलको छ ।