home

शंखरापुर, चापकोबोट, नाङ्गलेभारे, काठमाडौं

call

+977-9851032739

हाम्रो बारे

हाम्रो कथा

उप्रेती बोयर बाख्रा स्रोत केन्द्र

उप्रेती बोयर बाख्रा स्रोत केन्द्र, उप्रेती एग्रो विजिनेस प्रा. लि. द्वारा संचालित छ । वि. स. २०७५ बाट यो स्रोत केन्द्रको यात्रा आरम्भ भएको हो । स्त्थापनाकाल देखी अहिलेसम्म निकै उकाली, ओराली छिचोलेको छ । सानो गल्ती हुँदा पनि धेरै नोक्शानी हुन्छ भन्ने विगतका अनुभवबाट केन्द्रले सिकेको छ । उदाहरणका लागि नओइलाईकन हरियो घाँस बाख्रालाई खुवाउँदा र बाहिरबाट ल्याएको बाख्रा क्वारेनटाइनमा नराखी बथानमा मिसाउँदा ठुलो क्षति पुगेकी केन्द्रसँग अनुभव छ । यो स्रोत केन्द्र स्थापनाका लागि धेरै सहयोगी हातहरूको प्रत्यक्ष अप्रत्यक्ष हात छ । विशेष गरी बन्दीपुर बाख्रा अनुसन्धान केन्द्रका प्रमुख डा. राजु कँडेलको सहयोग महत्त्वपूर्ण छ । यो स्रोत केन्द्रको इतिहासमा उहाँको योगदान अविस्मरणीयरहने छ । यो स्रोत केन्द्र यो वेबसाइटमा उल्लेखित भिजन, मिसन र मूल्य मान्यतालाई निर्देशित सिद्धान्त मानी आफ्नो लक्ष प्राप्त गर्न दृढ छ ।

हाम्रा मान्यता

उच्च नैतीक, पारदर्शिता, गुणस्तर र ग्राहक सन्तुष्टि हाम्रा प्रमुख मान्यताका स्तम्भहरु हुन् ।

हाम्रो भिजन

बाख्राको उन्नत नश्ल उत्पादन र विस्तारबाट समृद्ध समाज निर्माण गर्ने

हाम्रो मिशन

बाख्राको उन्नत नश्ललाई राष्ट्रको कोर कम्पिटेन्स(Core Competence) बनाउने

हाम्रो उदेश्य

बोयर बाख्रा स्रोत केन्द्रको रुपमा अब्बल हुने

बाख्राको उन्नत नश्ल मार्फत बाख्रा किसानको आय वृद्धि गर्ने

उन्नत घाँसको बिरुवा उत्पादन केन्द्रको रुपमा अब्बल हुने

बोयर बाख्रा स्रोत केन्द्रको रुपमा अब्बल हुने

बाख्रा पालन तालिम केन्द्रको रुपमा विकास गर्ने

संस्थापकको विचार